मुस्ताङ प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट र पूर्ण खोप अनिवार्य

जनपत्र
१६ मंसिर २०७८, बिहीबार १२:४०

काठमाण्डाै – मुस्ताङ जिल्ला प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेसँगै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो ।

निर्णयअनुसार अब मुस्ताङमा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीबाहेक ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका विदेशी नागरिक तथा तथा ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा ७२ घण्टा भित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्ति मुस्ताङ जान पाउने छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*