संसद्को गतिरोध र सर्वोच्चमा देखिएको समस्या समाधान गर्न पहल गर्छु : सभामुख सापकोटा

जनपत्र
१६ मंसिर २०७८, बिहीबार १२:२४

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनु भएको छ ।

स्पेनबाट आज बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या कसरी समाधान गर्ने भन्नेबारे आफूले पहल गर्ने बताउनु भएको हो ।

यस्तै, उहाँले पछिल्लो समय राजनीतिक पार्टीप्रति नागरिकको विश्वास गुम्दै गएकाले अब पार्टीहरुले आफ्नो कार्य सुधार गर्दै लैजानु पर्ने बताउनुभयो । अन्तर व्यवस्थापिका सङ्घ आईपीयूको १४३ औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटासहितको प्रतिनिधिमण्डल गएको ८ गते स्पेनको म्याड्रिड गएको थियो ।

सम्मेलनलाई सभामुख सापकोटाले गएको आइतवार सम्बोधन गर्नुभएको थियो । सम्मेलनका क्रममा आफूले संविधान निर्माण, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत लोकतन्त्रका उपलब्धिलाई सविस्तार अन्तर्राष्ट्रिय समुदायको माझ राखेको उहाँले बताउनुभयो ।

सभामुख नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य देव गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद बान्तावा राई, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, सचिव गोपालनाथ योगीलगायत सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*