मकवानपुरमा लागुऔषध गाँजासहित थिङ पक्राउ

जनपत्र
१६ मंसिर २०७८, बिहीबार ०७:१३

हेटौंडा / मकवानपुरमा लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-८ बस्ने २८ बर्षिय शिशिर भन्ने जगत थिङ रहेका छन्  ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका- ७ मनहरी पुल नजिकै पूर्व-पश्‍चिम लोकमार्गबाट थिङलाई गाँजा सहित पक्राउ गरेको हो ।

प्रहरीले थिङलाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट  लागुऔषध गाँजा ५ किलो १०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले उनलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*