काग्रेशको बागमती प्रदेश अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदै
![](https://www.janapatra.com/wp-content/uploads/2021/12/262000070_464358072239928-1638404211.jpg)
हेटौंडा । नेपाली काग्रेशको बागमती प्रदेश अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन् प्रधानमन्त्री तथा नेपाली काग्रेशका सभापति शेरबहादुर देउवाले भर्चुअल मार्फत गर्ने वताइएको छ । यता काग्रेश केन्द्रीय समितिले भने दिउँसो २ बजे भर्चुअल माध्यमबाट एकैसाथ सातै प्रदेश महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
अधिवेशन उद्घाटन समारोहको अध्यक्षता भने सात प्रदेशमा फरक–फरक नेताहरूले गर्नेछन् । कांग्रेसले प्रदेश अधिवेशन गर्नका लागि अधिवेशन व्यवस्थापन समिति गठन गरेको थियो । जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा प्रदेश महाधिवेशनहरू सम्पन्न हुनेछन् ।
यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम तय भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट प्रदेश राजधानी हेटौंडामा बागमती प्रदेशको अधिवेशन हुँन लागेको हो ।
हेटौंडाको फरेष्ठी खेल मैदानमा अधिवेनको उद्घाटन्का लागि तयारीको काम सकिएको काग्रेश मकवानपुरले जनाएको छ । नयाँ नेतृत्व चयन गर्ने उद्देश्यका साथ हुन लागेको प्रथम प्रदेश अधिवेशनको तयारी पूरा भएको कांग्रेस मकवानपुरले जनाएको छ । प्रदेश अधिवेशन व्यवस्थापनको जिम्मेवारी कांग्रेस मकवानपुरले लिएको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) क्याम्पसमा हुने अधिवेशनका लागि मञ्च व्यवस्थापन, खाना र होटल लगायतको आवश्यक तयारी पूरा भएको छ ।
अधिवेशनमा सहभागी हुन बागमती प्रदेशको १३ जिल्लाका करिब दुईहजार एकसय प्रतिनिधि हेटौंडा आउदैछन् । बुधबार बेलुकादेखि नै प्रतिनिधि आउन सुरु भैसकेको छ । हेटौंडा बजारको मुख्य क्षेत्र कांग्रेसको झण्डाले सिंगारिएको छ । बिहान ११ बजे हेटौंडाको बुद्धचोकमा जम्मा भएर दिउँसो १ बजे हुने उद्घाटन सत्रका लागि फरेष्ट्री क्याम्पस पुग्ने गरी सहभागी हुने जनाइएको छ ।