मकवानपुरका प्रहरी प्रमुख गुरुले सुरक्षा क्षेत्रमा काम गर्ने यस्तो छ योजना
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जिल्लामा सुरक्षा क्षेत्रमा काम गर्नका लागि प्राथमिकीकरण गर्नु भएको छ । उहाँले आफ्नो कार्यकालमा काम गर्ने योजनाको १७ बुँदे प्राथमिकता सार्वजनिक समेत गर्नुभयो । आज पत्रकार सम्मेलन गर्दै उहाँले आफ्ना नियमित कामहरुको प्राथमिकीकरण गर्नु भएको हो । पहिले देखि गर्दै आएका नियमित कामलाई पनि निर्मम भएर प्रस्तुत हुने वताउनु भएको छ ।
प्रहरी प्रमुख भएर मकवानपुर रहदा लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति शुरक्षा, घरेलु मदिरा नष्ट,यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका १७ बुँदे प्राथमिकता सार्वजनिक गर्नुभयो । जिल्लामा शान्ति सुरक्षालाई बलियो बनाउनका लागि आफ्नो १७ बुँदे प्राथमिकता सार्वजनिक गर्नु भएको हो । गुरुङको प्राथमिकतामा जिल्लामा घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, चौरी लुटपाट र कालोबजार नियन्त्रण देखि प्रकृति स्रोतको दोहन गर्ने माथि निर्मम प्रहार गर्ने सम्म रहेको छ ।
प्रकृति स्रोतको दोहन भईरहेको जानकारी पाएको अवस्थामा आवश्यक तुरुन्त कारबाही प्रकिया अगाडी बढाएर नियन्त्रणमा लिने बताउनुभयो । उहाँले हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिक मुखी सेवा प्रवाहमा जोड दिईने बताउनुभयो । उहाँले जिल्लामा लागुऔषध दुव्यसनी तथा ओसार पसार तथा कारोबारको समस्या रहेको बताउँदै नियन्त्रण र न्यूनिकरणको लागि आवश्यक कार्ययोजना तयाार गरेर काम गरिने बताउनुभयो ।
आफ्नो कार्यकालमा अदालतको फेसला कार्यवन्यन तथा फरार प्रतिवादी पक्राउमा जोड दिईने बताउनुभयो । एसपी गुरुङले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्वस्थापनसंगै जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिने, जिल्लामा घरेलु हिंसा,लैङ्गिक हिंसा, महिला, बालबालिका, जेष्ठ नागरिक तथा असक्त व्यक्तिमाथि हुने अपराधमा कानूनी कठोरता र पीडित मैत्री वातावरणको सिर्जना गर्ने, सामाजिक अपराध नियन्त्रण तथा शान्ती सुरक्षा कार्यान्वयनमा जोड दिने बताउनुभयो ।