३ दिनपछि शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने ३ अर्ब रुपैयाँ पनि पुगेन

जनपत्र
१५ मंसिर २०७८, बुधबार १५:४८

काठमाण्डाै – लगातार तीन दिनसम्म घटेको शेयर बजार आज बुधवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव २८ अङ्कले बढेर दुई हजार ६ सय ३३ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज होटल, बीमा र माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको शेयर ५४ अङ्कभन्दा धेरैले बढेको छ ।

नेप्से सामान्य बढे पनि कारोबार सङ्ख्या र रकम भने निकै घटेको छ । आज दुई सय २३ कम्पनीका ५३ लाख १० हजार कित्ता शेयर दुई अर्ब ७४ करोड रुपैयाँमा कारोबार भयाे । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको साढे १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज साम्लिङ पावर कम्पनी र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । आज आईसीएफसी फाइनान्सको शेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*