जुम्लाकाे घोडेङ्गामा बस दुर्घटना, दुई जनाको ज्यान गयाे

जनपत्र
१५ मंसिर २०७८, बुधबार १३:११

जुम्ला – जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्जका लागि छुटेको  ना ख प ४४३८ नम्बरको बस सिंजा गाउँपालिका १ घोडेङ्गामा दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलेको छैन । जिल्ला प्रहरी कार्यालय जुम्लाकाअनुसार घटनास्थलतर्फ प्रहरीको टोली गएको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*