आधा घन्टा बस्यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक, के निर्णय गर्‍यो?

जनपत्र
१५ मंसिर २०७८, बुधबार ०६:१५

नेकपा एमालेको दसौं महाधिवेशनको निर्वाचन परिणाम घोषणा भएपछि मंगलबारै राति पहिलो केन्द्रीय कमिटी बैठक बसेको छ। सपथग्रहण सकिएलगत्तै होटल सेभेन स्टारको सम्मेलन कक्षमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठक करिब आधा घन्टा चलेको थियो।

बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रभा बरालले जानकारी दिइन्। उनका अनुसार महाधिवेशनको विषयमा देशभर कार्यक्रम गरेर जानकारी गराउने, मंसिर २५ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बसेर स्थायी, पोलिटब्युरो समिति गठन गर्ने र कार्य विभाजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठक सकिएपछि केही नेता घर फर्किए भने बाँकी आ-आफ्ना होटलमा गए। अध्यक्ष ओलीसहितका शीर्ष नेताहरू बुधबार फर्कने कार्यक्रम छ। मंसिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा दसौं महाधिवेशन उद्घाटन कार्यक्रम गरेपछि सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र सुरू भएको थियो। बाह्र गतेसम्मका लागि आयोजना गरिएको महाधिवेशन दुई दिन लम्बिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*