देउवा-सिटाैला गठबन्धन माेरङमा पराजित, शेखरनिकट लिम्बू सभापतिमा निर्वाचित
नेपाली कांग्रेस मोरङको सभापतिमा संस्थापन इतर समूहका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । आज भएको दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा उपसभापति विजयकुमार गच्छदार र नेता कृष्णप्रसाद सिटौलाको संयुक्त समर्थन रहेका दिलिप गच्छदारलाई पराजित गरेदै लिम्बू विजयी भएका हुन् ।
लिम्बू नेता डा। शेखर कोइराला निकट हुन् । लिम्बूले १ हजार ९ सय ६ मत ल्याउँदा गच्छदारले १ हजार ४ सय २२ मत ल्याए । पहिलो चरणमा तेस्रो भएका उम्मेदवार यदु विष्टले समर्थन गरेपनि गच्छदारले जित हात पार्न सकेनन् ।