अस्पताल भर्ना हुनुभएका प्रधानन्यायाधीश जबराकाे स्वास्थ्य अवस्था ‘स्थिर’

जनपत्र
१४ मंसिर २०७८, मंगलवार १५:१३

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पताल भर्ना हुनुभएको छ ।

हिजो साेमवार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ आएको र निमोनियासमेत देखिएपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उहाँलाई भर्ना गरिएको हो । केही दिनअघि परिवारका सदस्यलाई सङ्क्रमण भएकाले उहाँलाई घरकै सदस्यबाट सङ्क्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

अस्पताल भर्ना भए पनि उहाँको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*