मुख्यमन्त्री शाहीद्वारा विश्वासकाे मत लिन प्रस्ताव पेस, भोलि विश्वासको मत लिने

जनपत्र
१४ मंसिर २०७८, मंगलवार १५:०४

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठकमा प्रस्ताव पेस गर्नुभएकाे छ । आज मङ्गलवार बसेको हिउँदे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्नुभएकाे हाे ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
उहाँले विश्वासको मत भने भोलि बुधवार लिनु हुनेछ । प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकाले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*