एमालेले आउँदाे चुनावमा बहुमत ल्याएर न्याय क्षेत्रकाे विकृति हटाउँछ : तामाङ

जनपत्र
१४ मंसिर २०७८, मंगलवार १४:४८

चितवन – नेकपा एमालेकाे केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आउँदाे चुनावमा बहुमत ल्याएर न्यायालयमा देखिएका विकृति अन्त्य गर्ने बताउनुभएको छ ।

आज मङ्गलवार चितवनको सौराहामा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय सचिव तामाङले आउँदाे चुनावमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पार्टीको १० औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गर्नुपरेको बताउनुभयो । उहाँले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आउँदाे चुनावमा दुई तिहाइ मत दिएर विजयी गराउन आम नागरिकलाई आफूहरूले आग्रह गरेको समेत बताउनुभयो ।

कार्यालय सचिव तामाङले भन्नुभयो, ‘केही महिनाभित्र हामी चुनावमा जाँदैछौँ । हामीलाई विश्वास छ– केपी ओलीको अगुवाइमा हामी बहुमतले मात्र नभइ दुई तिहाईले चुनाव जित्छाैँ । न्यायालयमा देखिएको आजको बबन्डर, आजको याे अप्ठ्यारो स्थितिलाई अन्त्य गर्न एकचोटि नेकपा एमालेले दुई तिहाइ ल्याउनै पर्छ । हामी दुई तिहाइसहित सरकारमा फर्कने गरी त्यसको अगुवाइ केपी ओलीले गर्नुहुन्छ र हामी सबैको त्यो विश्वास भएकाले महाधिवेशनले पनि उहाँलाई त्यो अधिकार दिएको हो । उहाँले प्रस्तुत गर्नुभएको नाम सर्वसम्मत छ ।’

कार्यालय सचिव तामाङले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय कमिटीका लागि प्रस्तुत गर्नुभएको नामावली योग्य रहेको दाबीसमेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*