एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेबाट मतदान शुरु

जनपत्र
१४ मंसिर २०७८, मंगलवार ०६:०३

नेकपा एमालेमा नयाँ नेतृत्य चयनका लागि मंगलवार बिहानबाट मतदान शुरु भएको छ। निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले होटल सेभेन स्टारमा रहेको इलाफेन्ट हलमा चार बजे मतदान गरी निर्वाचनको प्रारम्भ गरेका हुन्। मतदानपछि उनी पार्क सफारी रिसोर्टमा फर्केका छन्। यसैगरी अध्यक्षका अर्का उम्मेद्वार भीम रावलले पनि मतदान गरेका छन्।

सहमति नभएपछि एमालेको महाधिवेशन निर्वाचनतर्फ धकेलिएको हो। एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी १० क्लस्टरमा चुनाव शुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरु बिहानैबाट मतदानका लागि सेभेनस्टार होटलमा पुगेर लामबद्ध छन्। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने सर्वसम्मत भएको छ। अनुशासन र लेखा आयोगमा पनि सर्वसम्मत सहमति भएको छ।
उपाध्यक्ष ६ जनाका लागि सात जना चुनावी मैदानमा छन्। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ। ७ मध्ये ६ जना निर्वाचित हुनेछन्।

यस्तै, सचिवमा साता जनाका लागि ९ जनाको उम्मेद्वारी परेको छ। जसमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टबीच प्रतिस्पर्धा हुनेछ।

यस्ते, प्रदेशका भूगोलतर्फ निर्वाचन हुने भएको छ। प्रदेश १ को खुला सदस्य ६ जनाका लागि ७ जनाको उम्मेद्वारी परेको छ। यस्तै, महिलामा ३ जनाका लागि ४ जनाको उम्मेद्वारी परेको छ। यस्तै सुदूरपश्चिम प्रदेशको महिला केन्द्रीय सदस्यमा पनि निर्वाचन हुने भएको छ। तीन सदस्यका लागि ५ जनाको उम्मेद्वारी परेको छ।

यस्तै, समावेशी क्षेत्रमा दलित सदस्यको ८ जनाको लागि ९ जनाको मनोनयन परेको छ। यसमा पनि निर्वाचन हुनेछ। यस्तै, थारु क्लष्टरमा ५ खुला सदस्यका लागि ६ जनाको प्रतिस्पर्धा हुनेछ। पिछडिएको क्षेत्रको खुला ३ सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ। खुला केन्द्रीय सदस्य ८४ जनाका लागि १०० जनाको नामावली रहेको छ।चुनाव हुने दश क्लष्टरबाट १५३ जना उम्मेद्वार छन्। पहिलोपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*