हेटौंडामा मानब बेचविखन सम्बन्धि अभिमुखिकरण

जनपत्र
१३ जेष्ठ २०७६, सोमबार ०७:२८

हेटौडा । हेटौडा १७ मा मानव बेचविखन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नारी सिप सृजना केन्द्र नेपालको आयोजना तथा एडब्लुओ इन्टरनेशनको साझेदारीतामा मकवानपुरमा संचालित मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा हेटौडा १६ र १७ लाई समेटिएको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानिय समितिका सदस्यहरु तथा वडा कार्यालयका जनप्रतिनिधिहरु गरी २० जनाको सहभागीता रहेको थियो । कार्यक्रम हेटौडा १७ का वडा अध्यक्ष भैरव राईको अध्यक्षतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा मानव बेचविखन तथा सुरक्षित बसाईसराईको बारेमा नारी सिप सृजना केन्द््रका कार्यक्रम संयोजक ज्योति वम्जनले सहजिकरण गरेको थियो ।

कार्यक्रममा समितिले हाल सम्म गर्दै आएको कार्यक्रमको समिक्षा तथा आगामि योजना र परियोजनाले समन्वय र सहकार्य गर्ने कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रमको समापनको क्रममा आफ्नो मन्तन्वय राख्दै हेटौडा वडा नं. १७ का वडा अध्यक्ष भैरव राईले मानव बेचविखन तथा ओसारपसार एक सम्वेदनशिल विषय रहेको र यसलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारी तथा गैरसरकारी संघसस्था विच समन्वय र सहकार्य गर्दै अधि बढ्नुपर्ने बताउनुभयो । आगामि आर्थिक वर्षकाको लागी मानव बेचविखन नियन्त्रणको लागी वडा बाट बजेट विनियोजन गरी कार्यक्रमहरु गर्ने समेत प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*