बहराइनमा रहेका ‘अनडकुमेन्टेड’ नेपाली श्रमिकलाई दूतावासको पहलमा भोलि खोप लगाइने

जनपत्र
१३ मंसिर २०७८, सोमबार १७:२४

unn.prixa.net

काठमाण्डौ – बहराइनमा कागजातविहीन अर्थात  ‘अनडकुमेन्टेड’ भएर अहिलेसम्म खाेप लगाउन नपाएका नेपाली श्रमिकले भोलि खोप  लगाउन पाउने भएका छन् । बहराइनमा रहेको नेपाली दूतावासमा खोप लगाउनको लागि रजिष्ट्रेशन गर्नुभएका ‘अनडकुमेन्टेड’ नेपाली श्रमिकलाई मंगलबार खोप लगाइने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सित्रा कम्प्लेक्समा खोप लगाउने कार्यक्रम रहेको छ । दूतावासमा रजिष्ट्रेशन गर्नुभएका सबैलाई भोलि खोप लगाउन र नगरेकालाई चाँडोभन्दा चाँडो रजिष्ट्रेशन गर्न पनि दूतावासले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*