अत्यधिक रक्तस्राव भएपछि अछामकी एक सुत्केरीकाे हेलिकप्टरबाट उद्धार
अछाम – अत्यधिक रक्तस्राव भएपछि अछामकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
बयलपाटा अस्पतालमा आज साेमवार बिहान छोरी जन्माएकी २० वर्षीया सम्झना विकलाई अत्यधिक रक्तस्राव भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उपचारमा संलग्न डाक्टर दिल शाहीले निकै कोसिस गर्दा पनि रगत बग्न नरोकिएपछि अन्यत्रै रेफर गरिएको बताउनुभयो । सुत्केरीलाई काेहलपुर मेडिकल कलेज लगिएकाे हाे ।