‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज र एनआरटीको खेल बराबरीमा सकियो

जनपत्र
१३ मंसिर २०७८, सोमबार १६:२१

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टीम (एनआरटी) ले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै ब्रिगेड ब्वाइजको दुई खेलमा चार अङ्क भएको छ भने एनआरटीले खाता खोलेको छ । ब्रिगेडले

पहिलो खेलमा एपीएफलाई हराएको थियो भने एनआरटी मच्छिन्द्रसँग पराजित भएको थियो ।

यस्तै आजकाे दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*