‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज र एनआरटी तथा मच्छिन्द्र र आर्मी खेल्दै
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुनेछन् ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । खेल दिउँसो १ बजे हुने छ ।
पहिलाे खेलमा विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले हराएकाे बिग्रेड आज लगातार दाेस्राे जितकाे खाेजीमा हुनेछ भने एनआरटी पहिलाे जितकाे खाेजीमा हुनेछ । एनआरटी यसअघि भएकाे पहिलाे खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
बिग्रेड ३ अङ्कसहित तालिकाकाे पाँचौँ स्थानमा छ भने अङ्कविहीन एनआरटी १२ औँ स्थानमा छ ।
यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।
पहिलाे खेलमा एनआरटीलाई २-१ गाेल अन्तरले हराएकाे मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेकाे थियाे ।
मच्छिन्द्र तीन अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ भने त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ । A