आज काठमाण्डाैकाे तापक्रम याे वर्षकै कम

जनपत्र
१२ मंसिर २०७८, आईतवार १८:२६

काठमाण्डौ – काठमाण्डाैमा आज आइतवार यो वर्षकै कम तापक्रम मापन गरिएको छ । आज बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ । योभन्दा अगाडि गएको १ गते ७ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

देशका अरू ठाउँमा पनि आज तापक्रम घटेको छ । आज सबैभन्दा कम जुम्लाको तापक्रम माइन्स ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज डडेल्धुराको तापक्रम ६ दशमलव २,  वीरेन्द्रनगरको तापक्रम ८ दशलवम ७, ताप्लेजुङको तापक्रम ७ दशमलव २ र घोराहीको तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

पानी पर्‍याे भने तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । आज राति देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । बाँकी ठाउँको मौसम भने आशिंकदेखि सामान्य बद्ली रहने मौसमविद् शाक्यले बताउनुभयो ।

केही दिनयता धुम्मिएको मौसम भोलि साेमवारदेखि भने केही सुधार हुने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*