एमाले महाधिवेशनकाे बन्द सत्र बेलुका ७ बजे सुरु हुने
काठमाण्डाै – नेकपा एमालेकाे दशाैँ राष्ट्रिय महाधिवेशन अन्तर्गत दाेस्राे दिनकाे बन्द सत्र बेलुकी ७ बजेदेखि सुरु हुने भएकाे छ ।
पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुटाउने कोसिस भइरहेका कारण आज आइतवार बिहान १० बजे नै सुरु हुनुपर्ने बन्द सत्र अहिले बेलुकी ७ बजेदेखि सुरु हुने नेकपा एमालेका नेता गाेकुल बाँस्काेटाले जानकारी दिनुभयाे ।
अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित सबैजसो पदमा आकाङ्क्षी धेरै भएपछि पार्टी अध्यक्ष केपी ओलीलाई सहमति जुटाउन समस्या भएको छ ।
अहिलेसम्म बन्द सत्र सुरु नहुँदा निर्वाचनको कार्यतालिका पनि प्रभावित भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो बेलुका नै उम्मेदवारकाे मनोनयन र अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो ।
एमालेमा अबको पाँच वर्षका लागि नेतृत्व छान्न देशभरिबाट दुई हजार एक सय ७५ प्रतिनिधि चितवनको सौराहामा छन् ।