बन्दका क्रममा हेटौंडामा प्रेशर कुकर बम, ट्रकमा आगजनी

हेटौंडाको बुद्धचोकमा राखिएको प्रेशरकुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । चौकिटोलमा मिनी ट्रकमा आगजनी गरिएको छ ।
जनपत्र
१३ जेष्ठ २०७६, सोमबार ०५:४०

हेटौंडा । विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताउनुभयो । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् ।

यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको उहाँले बताउनुभयो । सेनाको टोलीले प्रेशसरकुकर बम डिस्पोज गर्दा ठुलो आवाज आउदा स्थानीय वासिन्दाहरु तर्सिएका थिए । बिप्लपको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान बनेको छ । यहाँ कुनैपनि साना ठुला सवारीका साधन चलेका छैनन् भने बजार पनि बन्द रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*