सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

जनपत्र
१२ मंसिर २०७८, आईतवार १४:२७

काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ दुई सय रुपैयाँले बढेर ताेलाकाे ९२ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*