प्रगतिशील जनस्वास्थ्यकर्मी हेटौंडा अध्यक्षमा पुडाशैनी
हेटौंडा । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, हेटौंडा उपमहानगरपालिका प्रथम अधिवेशनले प्रविन पुडाशैनीको अध्यक्षतामा नगर कमिटी चयन गरेको छ । २१ सदस्सीय कमिटीको उपाध्यक्षमा संजिव आले मगर, सचिवमा राजकुमार शर्मा, कोषाध्यक्षमा दिव्या बस्नेत, सहसचिवमा आशिष नेपाल, सदस्यहरुमा मधु अर्याल, राजेन्द्र पौडेल, दिलिप दास, पासाङ्ग लामा, बिनिता थिङ्ग, दिलु लामा लगायत रहेका छन् ।
यसैबिच, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, हेटौंडाको सल्लाहकारहरुमा डा. हरिबहादुर खड्का, राजु गुरुङ, डा. मिथिलेस ठाकुरलाई तोकिएको छ । कार्यक्रम अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका सचिवालय सदस्य अमर लामाको प्रमुख आतिथ्य तथा नेकपा एकीकृत माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य ललित घलानको बिशेष अतिथ्य रहेको थियो ।