खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित हेटौंडाबाट दुइजना पक्राउ

जनपत्र
१२ मंसिर २०७८, आईतवार ०७:३९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट प्रहरीले लागूऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थसहित दुइजनालाई पक्राउ गरेको छ । रातोमाटे चेकप्वाईन्टमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको चेकिङ टोलिले सिमराबाट हेटौडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००२ प १९०२ नम्बरको एमेन्जर मोटरसाईकललाई रोकि चेकजाँच गर्दा लागूऔषध फेला परेको हो ।

चेकिङको क्रममा चितवन राप्ती नगरपालिका वडा नम्बर–७ बिरेन्द्रनगर बस्ने ४२ वर्षको तेज बहादुर गुरुङ र सोहि मोटरसाइकलमा सवार चितवन राप्ती नगरपालिका वडा नम्बर–४ खुरखुरे बस्ने २९ वर्षका अनमोल लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो ।

उनीहरुले लुकाईछिपाई ल्याएको प्लास्टिकको २ वटा पोकामा रहेको लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम फेला परेको हुँदा निजहरुलाई उक्त खैरो हिरोईन जस्तो देखिने पदार्थ र मोटरसाइकल सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको रिमालले जनाकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*