भारतमा कोरोनाको नयाँ भेरियन्टको त्रास, दक्षिण अफ्रिकाबाट आएका २ जनामा संक्रमण
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको त्रास देखिएको छ । नयाँ भेरियन्ट फैलिएको दक्षिण अफ्रिकाबाट हालै भारतको कर्नाटक आएका ९४ जनामा परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ । तर त्यो संक्रमण नयाँ भेरियन्ट हो कि होइन भन्ने यकिन भई नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कर्नाटकमा संक्रमण देखिएका दुवैको थप परीक्षणका लागि नमूना प्रयोगशालामा पठाइएको छ । कोरोनाको नयाँ भेरियन्टका कारण यतिबेला विश्वभर त्रास देखिएको छ । कोभिडको नयाँ भेरियन्टबाट जोगिने विषयमा कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले शनिवार बैठक गरेका छन् ।
बैठकले अन्तर्राष्ट्रिय एयरपोर्टमा कोरोना परीक्षण तीब्र बबनाउने निर्णय गरेको छ । विदेशबाट फर्केर कोरोना नेगेटिभ आएका व्यक्तिलाई मात्रै शहरमा प्रवेश गर्न दिइने निर्णय समेत भएको छ ।