‘पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता मुख्य कुरा हो’

जनपत्र
११ मंसिर २०७८, शनिबार १८:२४

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताएका छन् । प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने ओलीको भनाइ थियो ।

१० औं महाधिवेशनको बन्द सत्रलाई शनिबार सम्बोधन गर्ने क्रममा ओलीले एकतामा जोड दिन नेता र कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । ‘पार्टीभित्र एकता मुख्य कुरा हो । प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ । पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ,’ उनले भने ।

पार्टी एकताका लागि नेता र कार्यकर्ताले महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिएका ओलीले भने, ‘तपाईंहरू दृढतापूर्वक एकताको पक्षमा संघर्ष गर्नुहुन्नथ्यो भने आज यो महाधिवेशनमा यो हैसियतका साथ उपस्थित हुने थिएनौं । हिजो उद्घाटन सत्रमा त्यस हैसियतमा हुने कल्पना पनि गर्न सक्ने अवस्थामा थिएनौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*