मनहरीको सीमपानीमा बस र मोटरसाइकल ठोक्कीदा एक जनाको मृत्यु

जनपत्र
११ मंसिर २०७८, शनिबार १६:३६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका सीमपानीमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिमपानीमा गएराति १० बजेतिर ना १६ प १८३५ नम्बरको मोटरसाइकल र ना ८ ख २८ १० नम्बरको बस ठोक्किँदा मोटरसाइकलमा सवार हेटौंडा ३ बासामाडीका प्रमोदकुमार लामाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक हेटौडा १८ का ३८ वर्षका सन्तोष थापा भने सामान्य घाइते भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*