भेरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

जनपत्र
११ मंसिर २०७८, शनिबार १४:४६

बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाँकेका हुन् ।

कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको बांकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*