२४ घण्टामा कोरोना सङ्क्रमण दर साढे दुई प्रतिशत नजिक

जनपत्र
१० मंसिर २०७८, शुक्रबार १७:३५

काठमाण्डौ – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण दर घटेर साढे दुई प्रतिशत नजिक पुगेकाे छ ।

पीसीआर र एन्टिजेन गरी १० हजार चार सय ४६ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ५८ प्रतिशत अर्थात् दुई सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख २० हजार पाँच सय २७ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार चार सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय दुई जनासहित अहिलेसम्म आठ लाख एक हजार सात सय २२ जना कोरोना सङ्क्रमित निको भएका छन्  ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय १८ जना पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय ८७ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार आठ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८२ लाख ३७ हजार तीन सय ३७ जना र कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या ९४ लाख ८१ हजार ३९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*