आउँदो चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ : केपी ओली

जनपत्र
१० मंसिर २०७८, शुक्रबार १६:३२

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नाे पार्टीकाे नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।

साथै उहाँले अहिले बाँकी रहेका विकासका काम अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नेसमेत बताउनुभयो । ‘चुनाव आउँदैछन् । हामी अब चुनावको तयारीमा जानेछौँ । देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने छ’, ओलीले भन्नुभयाे ।

सम्बाेधनकै क्रममा उहाँले नेकपा एमालेकाे सरकारले विभिन्न लाेकप्रिय कार्यक्रम ल्याएकाे बताउँदै आफ्नाे पार्टी देश बनाउने पार्टी भएकाे उल्लेख गर्नुभयाे ।

संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि पनि एमालेले बहुमत ल्याउनुपर्ने अध्यक्ष ओलीकाे भनाइ थियाे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*