काठमाण्डौं र हेटौंडामा बिधुत चार्जिङ स्टेशन निर्माण गर्ने कुलमान घिसिङको तयारी

जनपत्र
१२ जेष्ठ २०७६, आईतवार १७:०३

हेटौंडा / नेपाल बिधुत प्राधिकरणले बिधुतीय सवारीका साधन चार्ज गर्नका लागि देशका बिभीन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । चार्जिङ स्टेशन निर्माण गर्नका लागि बोलपत्र आवाहान गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल संगको भेटका क्रममा उहाँले चार्जिङ स्टेशन निर्माण गरेर त्यसबाट पनि आमदानीको श्रोत बनाउन सकिने बताउनुभयो ।

तीन थरीका बिधुतिय सवारीका साधन थोरै समयमा चार्ज गर्नका लागि स्टेशन तयारी गर्नेगरी काम सुरु गर्न लागिएको नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । काठमाण्डौंका केही स्थानमा र काठमाण्डौ बाहिर हेटौंडामा भएपनि चार्जिङ स्टेशन निर्माण गरिने उहाँले बताउनुभयो ।

जग्गा उपलब्ध गराएमा हेटौंडामानै राख्न सकिने उहाँले बताउनुभयो । हेटौंडा देखि मनहरीको लाथर सम्म जहाँ भएपनि चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराईने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । अहिले भईरहेका पेट्रोल पम्प जसरीनै ब्याबसायीक हिसाबले चार्जिङ स्टेशन राखिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*