रिमोटबाट झण्डोत्ताेलन गरी एमाले महाधिवेशन उद्घाटन

जनपत्र
१० मंसिर २०७८, शुक्रबार १३:५२

काठमाण्डाै – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ ।

चितवन नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरी महाधिवेशनको उद्घाटन गर्नुभयो । झण्डोत्ताेलनपछि एमाले अध्यक्ष ओलीले एकसिङ्गे गैँडाको मस्कटको अवलोकन गर्नुभएको छ ।

उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेता/कार्यकर्ता उपस्थित भएका छन् । उद्घाटनअघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निस्किएको थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्नुहुनेछ ।

यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महाधिवेशनको सुरक्षामा १५ सयभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*