एमाले महाधिवेशनमा १५ विदेशी पाहुना
काठमाण्डौ – नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित भएका छन् ।
भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित भएको एमालेले जनाएको छ । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश समेत प्राप्त भएको पनि एमाले विदेश विभागले जानकारी गराएको हो ।
विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरूसँग मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त ‘ब्रेकफास्ट मिटिङ’ गर्ने कार्यसूची समेत रहेको छ ।