चितवन हुँदै चल्ने मालवाहक गाडीलाई काठमाण्डौमै रोक

जनपत्र
१० मंसिर २०७८, शुक्रबार १२:०१

काठमाण्डाै – काठमाण्डौबाट नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने ठूला मालवाहक गाडीलाई आज रोक लगाइएको छ ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीलाई काठमाण्डौमै रोकिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यी गाडीलाई नागढुङ्गाबाट प्रवेश गर्न दिइएको छैन । ठाउँठाउँमा मालवाहक गाडीको लामो लाइन छ ।

कलङ्कीदेखि नागढुङ्गा सडक खण्डका केही ठाउँमा गाडी रोकिएका छन्  । यस्तै, ललितपुरको धोबिघाटदेखि कलङ्कीसम्म नै लामो लाइन छ । एमालेको महाधिवेशनका कारण ट्राफिक व्यवस्थापनमा चाप पर्ने भएकाले ठूला मालवाहक गाडीलाई आज दिनभरि नै रोक लगाउने तयारी छ ।

आज पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा पनि मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*