१५ वर्षीया बालिकालाई ललाईफकाई पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

जनपत्र
१० मंसिर २०७८, शुक्रबार ०६:२७

पर्सा प्रहरीले जबरजस्ती करणीको अभियोगमा २१ वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका(१ पिडारी गुठीका अब्दुल कादिर अन्सारी रहेका छन्।

उनलाई बुधवार साँझ ८ बजे गाउँबाटै नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। १५ वर्षीया बालिकालाई ललाईफकाई पटकपटक जबरजस्ती करणी गरी गर्भवति बनाएको पीडित पक्षले प्रहरीमा दिएको उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*