एमाले महाधिवेशन : उद्घाटनअघि बस टर्मिनलबाट जुलुस, यस्तो छ रुट

जनपत्र
१० मंसिर २०७८, शुक्रबार ०६:२४

नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। एमालेले नारायणी किनारमा महाधिवेशन उद्घानअघि भरतपुरको केन्द्रीय बस टर्मिनलबाट विशाल जुलुस निकाल्ने तयारी गरेको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलबाट मुख्य जुलुस सुरु हुने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिए।

केन्द्रीय बसपार्कबाट सुरु भएको र्‍याली हाकिमचोक, चौविसकोठी, क्याम्पसगेट, लायन्स चोक, शहिद चोक, पुल्चोक हुँदै सभास्थल नारायणी नदी किनार पुग्नेछ। र्‍यालीमा एमाले शीर्ष नेताहरुको समेत सहभागिता रहने छ। र्‍यालीमा लाखौँ कार्यकर्ता उपस्थित हुने एमाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*