आन्दोलनरत नेपाल बारका पदाधिकारीलाई प्रधानमन्त्रीले बोलाए

जनपत्र
१० मंसिर २०७८, शुक्रबार ०६:२०

प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरूलाई बालुवाटार बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलरत बारलाई देउवाले शुक्रबार बिहान बालुवाटार बोलाएका हुन् ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्रीले शुक्रबार बिहान साढे १० बजे बालुवाटार बोलाएको जानकारी दिए । बारले राजनीतिक दलका नेताहरूलाई ज्ञापनपत्र बुझाए पनि देउवालाई बुझाउन समय पाएको थिएन । राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बारले बताउँदै आएको छ । बारको आन्दोलनमा पेसागत संघसंस्थाले पनि साथ दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*