नेप्सेमा सामान्य गिरावट, ३ अर्बको मात्रै सेयर कारोबार

जनपत्र
१० मंसिर २०७८, शुक्रबार ०६:१७

साताको अन्तिम दिन नेपाल स्टक एक्स्चेन्ज ९नेप्से०मा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ३ दशमलव २२ अंकले घटेर २ हजार ७३१ दशमलव ७८ बिन्दुमा रोकिएको बजारमा ३ अर्बको मात्रै सेयर कारोबार भएको हो ।

यस दिन कारोबार अवधिभर नै नेप्सेमा सामान्य अंकको मात्र उतारचढाव भएको देखिन्छ । ‘पर्ख र हेर’ को रणनीति अपनाएर बसेका लगानीकर्ता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा रहेका कारण उनीहरूले यस्तो रणनीति अपनाएको जानकारहरूको बुझाई छ । आगामी दिनको बजारलाई सो समीक्षाले प्रत्यक्ष प्रभाव पर्ने भएकोले, समीक्षा पुँजीबजारमैत्री आउने हो कि होइन भन्ने पर्खाइमा बसेका हुन् । मौद्रिक नीति समीक्षमा थोरै मात्र सकारात्मक विषय आएमा बजारले नयाँ उचाइ लिन सक्ने आधारभूत तथा प्राविधिक विश्लेषकहरूले बताइरहेका छन् । बजार बढ्न थालेपछि कारोबार रकम पनि क्रमशः विस्तार हुँदै जाने अपेक्षा गरिएको छ ।

यस दिन २ सय ३३ कम्पनीको ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३ सय ३१ रुपैयाँ बराबरका ७४ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर कारोबार भएका छन् । यस दिन मानुषी लघुवित्तको सेयर ६ दशमलव ९३ प्रतिशतले घटेको छ भने समृद्धि फाइनान्सको सेयरमूल्य सर्वाधिक ९ दशमलव २७ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोड ५७ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन महालक्ष्मी विकास बैंकको १६ करोडभन्दा बढी, सिभिल बैंकको करिब १५ करोडको सेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका वटा १३ उपसमूहमध्ये ३ वटा उपसमूह बढेका छन् भने बाँकी १० उपसमूह घटेका छन् । यस दिन अन्य उपसमूह सर्वाधिक शून्य दशमलव ९१ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन शून्य दशमलव ७६ प्रतिशत र बैंकिङको शून्य दशमलव ५४ प्रतिशत बढेको छ । यस दिन व्यापार, विकास बैंक र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

त्यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४५ अंकले बढेर ५ सय १५ दशमलव ६४ को बिन्दुमा पुगेको छ । राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*