जिसस महासंघ बागमती प्रदेश कमिटीको पहिलो बैठक

जनपत्र
१० मंसिर २०७८, शुक्रबार ०६:००

चितवन – जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । महासंघका अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिसस महासंघको तेस्रो राष्ट्रिय परिषद बैठक पछिको पहिलो बैठक बिहीबार जिसस चितवनको सभाहलमा सम्पन्न भएको हो ।

बैठकले तेस्रो राष्ट्रिय परिषदबाट निर्वाचित जिसस महासंघ राष्ट्रिय कमिटीका पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले बागमती प्रदेश शुसासन केन्द्रलाई जिसस पदाधिकारीका लागि क्षमता विकास र स्वमुल्याङ्कन सम्बन्धी तालिम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो । साथै बैठकमा विभिन्न जिल्लाका प्रमुखहरुले आ–आफ्नो जिल्लामा भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा जिसस महासंघका प्रवक्ता एवम् जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, विभिन्न जिल्लाका जिसस प्रमुख/उपप्रमुख, सदस्यहरू, महासंघका केन्द्रिय सदस्यहरु र प्रदेश सदस्यहरुको सहभागिता थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*