प्रधानन्यायाधीशको राजीनामा माग्दै सिंहदरबारदेखि बालुवाटारसम्म ‘न्याय मार्च’
![](https://www.janapatra.com/wp-content/uploads/2021/11/justice_march_vKu64vHZ05.jpg)
काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएशनसहित पेसागत सङ्गठनले सिंहदरबारदेखि बालुवाटारसम्म ‘न्याय मार्च’ गरेका छन् ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै झन्डै दुई महिनादेखि आन्दोलनमा रहेको नेपाल बार एसोसिएशनलाई अरू पेसागत सङ्गठनले पनि साथ दिएका छन् । आजको ‘न्याय मार्च’ मा सहभागी विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरूले प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा रहुञ्जेल न्याय मरिरहने र विकृत अवस्था जारी रहने भएकाले राजीनामा नै एकमात्र विकल्प रहेको बताएका छन् ।
सिंहदरबारबाट बालुवाटार पुगेको मार्च कोणसभामा परिणत भएको थियो । सभामा शिल्पी नाट्य समूहले नाटक प्रस्तुत गरेको छ ।
सभामा सर्वोच्च बार एसोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश राणाको बहिर्गमन पक्का भएको र छिटै यसको औपचारिक घोषणा हुने बताउनुभयो । उहाँले जबराको सम्पत्ति पनि छानबिन हुने बताउनुभएको छ ।