विद्युत् ग्रिड सुधारका लागि एडीबीले नेपाललाई थप सात अर्ब रुपैयाँ ऋण दिने

जनपत्र
९ मंसिर २०७८, बिहीबार १६:३५

काठमाण्डाै – विद्युत् ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई थप सात अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । एडीबीले दिने ६० मिलियन अमेरिकी डलर अर्थात् सात अर्ब आठ करोड रुपैयाँको सम्झौतामा भोलि शुक्रवार हस्ताक्षर हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यसअघि गएको वर्ष पनि यसै परियोजनाका लागि एडीबीसँग एक सय ५६ मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । परियोजना अन्तर्गत वर्तमान र भविष्यमा हुने विद्युतको माग पूरा गर्न, वितरण प्रणाली सुधार गर्न, चुहावट घटाउन र विद्युतको उपयोगमार्फत व्यापार घाटा कम गर्न विभिन्न काम भइरहेका छन् ।

यस्तै परियोजना अन्तर्गत देशमा उपयोग भएर बचेको बिजुली छिमेकी देशमा बेच्नका लागि पनि संरचना बन्ने एडीबीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*