‘फुल काेर्ट’ बैठक : सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

जनपत्र
९ मंसिर २०७८, बिहीबार १६:१४

काठमाण्डाै – सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतमा आज बिहीवार बसेकाे न्यायाधीशको पूर्ण बैठक (फुल कोर्ट) बैठकले याे प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एसाेसिएशनको पनि थियो । अब याे माग पूरा हुने भएको छ ।

सर्वोच्चमा गएकाे कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमति रूपमा इजलास बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*