सरकारीस्तरबाट गरिएका काम प्रभाबकारी बनाइनुपर्ने

हेटौंडा । सरकारले गरेका बिकाश निर्माणमा गुणस्तरियता कायम गर्नका लागि आज हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । इन्सेकको आयोजनामा पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत बिकाशका लागि नागरिक समाज तथा सञ्चार जगत बीच अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टले समाजमा आएका लगानी पारदर्सी र जवाफदेहि ढंगले काम गरिनुपर्ने बताउनुभयो । कुनैपनि काममा नागरिकले औला ठड्याउने भन्दा पनि पारदर्सी ढंगले काम गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले तीनै तहका सरकारले गरेका कामलाई प्रभाबकारी बनाउनका लागि नागरिक समाज र पत्रकारले पनि धच्घच्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संचारिका समुह प्रदेश नम्बर ३ का अध्यक्ष सरिता दाहाल, संचारकर्मी तथा अधिबक्ता बालकृष्ण अधिकारी लगायतकाले आफ्ना सुझाबहरु राख्नुभएको थियो । कार्यक्रम इन्सेक मकवानपुरका प्रतिनिधि पुस्पराज अधिकारीले समापन गर्नुभएको थियो ।