एमाले अध्यक्ष ओली चितवनमा

जनपत्र
९ मंसिर २०७८, बिहीबार १४:३३

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नुभएकाे छ । पार्टीकाे १० औँ महाधिवेशनकाे पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन आज बिहीवार चितवन पुग्नुभएकाे हाे ।

उहाँलाई भरतपुर विमानस्थलमा नेता/कार्यकर्ताले स्वागत गरेका छन् । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि चितवनकाे साैराहा पुग्नुभएकाे छ ।

केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भाेलि मङ्सिर १० गते शुक्रवारदेखि सुरु हुने महाधिवेशन १२ गतेसम्म चल्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*