हेटौंडामा हस्तकला तथा लघु उद्यम उपज प्रदर्शनी

जनपत्र
९ मंसिर २०७८, बिहीबार १२:२३

हेटौंडा । सातौ उद्योग दिवसका अवसरमा आज हेटौंडामा हस्तकला तथा लघु उद्यम उपज प्रदर्शनी गरिएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो । मन्त्रालयको प्राङ्गनमा आज एक दिनका लागि प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा ढाका, हातेहोजीयारी, टेष्टी अचार, हस्तकलाका सामान, मसला, डल, कुसन, फ्रेमहरु लगायतका १५ वटा स्टल राखिएको मन्त्रालयका अधिकृत सन्जिव सुवेदीले जानकारी दिनुभयो । आज एक दिन मात्र यो प्रदर्शनी गरिएको उहाँले वताउनुभयो । बिशेषगरी हत्तकला तथा लघु उद्यम उपजका सामाग्रीको बजारीकरण गर्नका लागि प्रदर्शनी गरिएको मन्त्रालयले जनाएको छ । मकवानपुर महिला उद्यमी व्यावसायीसंघमा आवद्ध महिलाहरुले उत्पादन गरेका सामान स्टलहरुमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*