हेटौंडाको पदमपोखरीमा स्लाब ढलानको शिलान्यास
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ पदमपोखरी विन्दवासीनीटोलमा आज स्लाब ढलानको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले स्लाब ढालनको शिलान्यास गर्नुभयो । हेटौंडाका टोलटोलमा पक्की सडक निर्माण गर्ने अभियान अनुसार काम गरिएको उहाँले बताउनुभयो ।
पछी थपीएका हेटौंडाका वडाहरुलाई प्राथमिकताका साथ काम गरिएको मेयर महतको भनाई छ । कुल सात लाख रुपैयाँ लागतमा स्लाब ढालनको काम सुरु गरिएपनि थप ७ लाख थप गरेर काम गरिने उहाँले बताउनुभयो । चार मिटर चौडाइ र एक सय ५० मिटर लम्वाइ रहेको यस सडक पक्की निर्माणको काम आजबाट सुरु गरिएको हो ।