महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

जनपत्र
९ मंसिर २०७८, बिहीबार ११:३७

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दैछ ।

नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।

छनोटअन्तर्गत यूएई लगातार दुई खेल जित्दै चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । एक/एक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानको समान दुई/दुई अङ्क छ । नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौँ स्थानमा छन् ।

नेपालले शुक्रवार मलेसिया र आइतवार यूएईसँग खेल्नेछ । छनोटको विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*