काठमाण्डौको न्यूनतम तापक्रम बढ्यो

जनपत्र
८ मंसिर २०७८, बुधबार ११:३६

काठमाण्डाै – काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो ।

मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।  गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ । आज अधिकतम तापक्रम २१ देखि २४  डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

हिजोको अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो छ । दिउँसाे भने धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन्  । केही ठाउँको मौसम भने आज  पनि आंशिक बद्ली हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*