मतगणना स्थलमा कुटिएका उम्मेदवार केसीलाई थप उपचारका लागि काठमाण्डौ पठाइयो

जनपत्र
८ मंसिर २०७८, बुधबार ०६:२२

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटिएका उम्मेदवार दीर्घबहादुर केसी ‘कुमार’लाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ। सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा अचानक विवाद सृजना भएपछि महाधिवेशन प्रतिनिधिका उम्मेदवार केसी कुटिएका थिए ।

उनी पौडेल समुहबाट उम्मेदवारी दिएका थिए । देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा र टाउकोमा गम्भीर चोट लागेको छ । केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचारका लागि लगिएकोमा चिकित्सकको सल्लाह बमोजिम थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

चिकित्सकले प्राथमिक उपचारका क्रममा टाउकोमा असर गरेको पाइएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने सल्लाह दिएकोले काठमाण्डौ पठाइएको कांग्रेस नगर समितिका उपसभापति ज्योति भण्डारीले जानकारी दिए । केसी कुटिएसंगै बुटवलको बालमन्दिरमा भैरहेको मतगणना स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*