किन बढ्दैछ घरेलु डिजाइनमा भारतीय व्यापारीको संलग्नता ?

जनपत्र
८ मंसिर २०७८, बुधबार ०६:१७

भारतका सबैभन्दा ठुला व्यापारिक घरानाहरूले घरेलु डिजाइनर ब्रान्डहरू बढाउन र विश्वव्यापी बजारहरूमा फैलाउन यस्ता ब्रान्डहरूमा आफ्नो हिस्सेदारी बढाइरहेका छन् । विज्ञहरूकाअनुसार यसले लक्जरी खुद्रा बजार परिपक्वताको शिखरमा रहने सङ्केत गर्छ ।

अक्टोबरमा, विशाल रिलायन्स समूहका सहायक कम्पनी ‘रिलायन्स ब्रान्ड्स लिमिटेड’ ९आरबीएल०ले सेलिब्रेटी फेसन डिजाइनर मनिष मल्होत्राको नाममा रहेको लेबलको ४० प्रतिशत सेयर खरिद गर्ने घोषणा ग¥यो । त्यसको एक हप्तापछि, आरबीएलले भारतको सबैभन्दा पुरानो फेसन हाउसमध्ये एक ‘रितु कुमार’को ५० प्रतिशतभन्दा बढी सेयर किन्यो ।

३० वर्षदेखि बलिउडका स्टार कलाकारहरूलाई आफ्नो पहिरन पहिराउँदै आएका मल्होत्राले करिब १५ वर्षअघि आफ्नो लेबलको लन्च गरका थिए । फोर्ब्सकाअनुसार हाल उनको वार्षिक आम्दानी तीन करोड डलर छ । रियायन्सजस्ता कर्पोरेट घरानासँग साझेदारी गर्ने उनको निर्णयको कारण भविष्यमा फिल्म निर्देशन गर्ने रहेको मल्होत्राले बताएका छन् । तर, यो उनको अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने महत्वकांक्षाको परिणाम पनि हो ।

“म सँग व्यवहारिक ज्ञान छ । तर, म फेसनको बिजनेसबारे त्यति जानकार छैन । संसारमा फैलिन मेरो सपना र जिन्दगीलाई यस्तै खालका सहयोगको जरुरत छ । मेरो लेबललाई अझ व्यवस्थित गर्न आवश्यक छ । अहिले यो पूर्ण रूपमा परिवारले सञ्चालन गरिरहेको छ ।

कारोबारलाई संस्थागत गर्ने चलन
टेक्नोप्याक्ट रिटेल कन्सल्टेन्सीका वरिष्ठ साझेदार अंकुर बिसेनले यो कदमको सराहना गरेका छन् । यसलेगर्दा यी ब्रान्डहरू आफ्ना संस्थापकमा मात्रै निर्भर हुनुभन्दा पनि आफूलाई अघि बढाएर ‘संस्थागत’ गरेको बताए ।

रिलायन्स समूह मल्होत्राका थप फ्ल्यागसिप स्टोरहरू खोलेर ई–कमर्स व्यवसाय विस्तार गर्न इच्छुक रहेको छ । अब आरबीएलको फेसन हाउस पोर्टफोलियोमा अरमानी एक्सचेन्ज, बोटेगा भेनेटा, जिमी चू, केट स्पेड न्यूयोर्क, माइकल कोर्स, टिफनी एन्ड कम्पनी जस्ता विश्व प्रख्यात ब्रान्डहरू समावेश छन् ।

यद्यपि घरेलू लेबलमा प्रवेशमा गर्ने आरबीएल पहिलो अनि एकल कम्पनी होइन् । भारतको बहुराष्ट्रिय कम्पनी ‘आदित्य बिड्ला’ समूहको सहयोगी कम्पनी आदित्य बिड्ला फेसन पनि यसमा आबद्ध छ । यो कम्पनीले पछिल्लो केही वर्षयता सब्यसाची, तरुण तहलियानी र शान्तनु र निखिलजस्ता प्रमुख डिजाइनरका लेबलमा हिस्सेदारी किनिसकेको छ । विज्ञहरूकाअनुसार घरेलु डिजाइनर ब्रान्डमा ठुला कम्पनीहरूको सहभागिताको प्रतीक्षा लामो समयदेखि गरिँदै आएको थियो ।

भारतको बजार अरूभन्दा फरक
भारतको बजार संसारका अरू बजारभन्दा फरक भएको यहाँका उद्योगीहरू विश्वास गर्छन् । टाटा क्लिक लक्जरीका प्रधान सम्पादक नोनीता कालरा भन्छन्, “अन्तर्राष्ट्रिय ब्रान्ड भारतीयहरूलाई आकर्षित गर्न सक्दैनन् । उनीहरूले प्रयास पनि गरेका छन् ।
यसको कारण, भारतमा अधिकांश कपडा विवाह वा चाडपर्वको अवसरमा किन्ने भएर हो । यहाँका ग्राहकको फेसन ट्रेन्डलाई मध्यनजरगर्दै यहाँका घरेलु लेबलको आकर्षणमा मुख्य कारण विवाह र समाजमा प्रचलित फेसनमा जोड दिनु रहेको कालराले बताए ।

यसैवर्षको सुरुवातमा डिजाइनर सब्यसाचीले स्विडेनको फेसन दिग्गज एचएन्डएमसँग साझेदारी गर्दै आफ्नो कलेक्सन लन्च गरेका थिए । यो सँगै उनी अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्ने पहिलो भारतका डिजाइनर बनेका छन् ।

भारतमा विकासको असीम सम्भावना
म्याकिन्जेका अनुसार, २०२२ मा भारतको परिभान बजार ६० अर्ब डलरको हुनेछ । यसअर्थमा यसको बजार बेलायत र जर्मनीको जस्तो संसारको छैटौँ सबैभन्दा ठुलो बजार बन्ने छ ।

अहिलेसम्म पनि भारतको परिधान बजारमा डिजाइनरहरूको लेबलको कम सहभागिता छ । अंग्रेजी दैनिक इकोनोमिक टाइम्सकाअनुसार, भारतको शीर्ष १० डिजाइनरहरूको वार्षिक कारोबार ३५ देखि १०० मिलियन डलर मात्रै छ । आज पनि अधिकांश फेसन ट्रेन्ड युरोप र अमेरिकामा बन्छन् । किनभने चीन र मध्यपूर्वका उपभोक्ताहरूले बजारलाई चलायमान बनाउँछन् ।

भारतका फेसन उद्योगका लागि दुनियाका औद्योगिक मोडलहरूका अनुसार सप्लाई चेन सुरु गर्न गाह्रो नै छ । कारण, यहाँका उद्योग आज पनि बुनेर अनि हस्तकलामा निर्भर छ र यसमा धेरै कामदारहरू अनौपचारिक दंगबाट काम गरिरहेका छन् ।

कोरोनापछि विश्वमा फैलिने बेचैनी
कोरोनापछि संसार खुलेसँगै भारतीय डिजाइनरहरू विदेशमा पनि फैलिन चाहन्छन् । अहिलेसम्म पैसा जुटाउनु उनीहरूका लागि ठुलो समस्या थियो । तर, अब त्यसमा समस्या छैन ।

आदित्य बिर्ला फेसनको लगानीपछि डिजाइनर सब्यसाची सन् २०२२ मा न्यूयोर्कमा ६०,००० वर्ग फुट ९५,५७४ वर्ग मिटर० मा स्टोर खोल्ने घोषणा गरेका छन् । यस वर्षको फेबु्रअरीमा, उनले त्याहाँको लक्जरी डिर्पाटमेन्ट स्टोर बर्गडोर्फ गुडम्यानमा आफ्ना कामहरू (डिजाइन) प्रदर्शन गरे । एकपछि अर्को डिजाइनरको ठुलाठुला योजना घोषणालाई मध्यनजरगर्दै यो क्षेत्रमा नयाँ आशाको किरण पलाएको विज्ञहरूले अनुमान गरिरहेका छन् । बिबिसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*